बागमती प्रदेशमकवानपुरमोडिफाइड बाइकमाथि मकवानपुर प्रहरीको निगरानी : ३ दिनमै १२ सवारी साधन नियन्त्रणमा

मोडिफाइड बाइकमाथि मकवानपुर प्रहरीको निगरानी : ३ दिनमै १२ सवारी साधन नियन्त्रणमा

हेटौँडा | अनुमति बिना सवारी साधनका पार्टपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने मोडिफाइड बाइकविरुद्ध मकवानपुर प्रहरीले कडाइ गरेको छ। पछिल्ला तीन दिनको अवधिमा प्रहरीले १२ वटा मोडिफाइड मोटरसाइकल नियन्त्रणमा लिएको छ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत साइलेन्सर, ह्यान्डल, लुकिङ ग्लासलगायतका पार्टपुर्जा परिवर्तन गरी सवारी साधन चलाउने प्रवृत्ति बढेपछि विशेष निगरानी र अभियान सुरु गरिएको हो।

“अनुमति बिना सवारी साधन मोडिफाइ गर्दा अत्यधिक आवाज निस्कने, जसले ध्वनि प्रदूषण बढाउनुका साथै सर्वसाधारणलाई त्रसित बनाउने अवस्था सिर्जना हुन्छ,” एसएसपी खत्रीले भने, “यसले मुटुरोगी, बालबालिका र संवेदनशील व्यक्तिहरूको स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छ।”

प्रहरीका अनुसार बजार क्षेत्र, माछा चोकलगायत भीडभाड हुने स्थानमा चेकजाँच तीव्र बनाइएको छ। नियन्त्रणमा लिइएका मोटरसाइकललाई नियमानुसार यातायात व्यवस्था कार्यालय पठाई जरिवाना तिराएपछि शोरुमबाट खरिद गर्दाको मूल स्वरूपमा फर्काएर मात्र जिम्मा लगाइने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अनुमति बिना सवारी साधन मोडिफिकेसन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img