देशबागमती प्रदेशबागमतीमा १० वर्षमा १,०३८ जनाको ज्यान गयो

बागमतीमा १० वर्षमा १,०३८ जनाको ज्यान गयो

६,८३९ विपद् घटना, ६ अर्ब ९५ करोड क्षति — पहिरो सबैभन्दा घातक, आगलागी सबैभन्दा धेरै

हेटौँडा । बागमती प्रदेशमा पछिल्लो १० वर्षमा भएका विभिन्न विपद्का घटनामा परी १ हजार ३८ जनाले ज्यान गुमाएका छन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार २०७२ देखि २०८२ असारसम्म १३ जिल्लामा ६ हजार ८३९ वटा विपद्का घटना भएका छन् ।

उक्त अवधिमा १८१ जना बेपत्ता भएका छन् भने २ हजार ३११ जना घाइते भएका छन्। विपद्बाट १६ हजार ६५३ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। आर्थिक क्षतितर्फ हेर्दा ६ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको तथ्यांकले देखाएको छ ।

आवासीय संरचनामा पनि ठूलो क्षति पुगेको छ। ४ हजार ७२७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ५ हजार ८९६ घरमा आंशिक क्षति पुगेको छ ।

घटनाको प्रकृति अनुसार सबैभन्दा धेरै आगलागीका ४,०२३ घटना भएका छन्। तर मानवीय क्षतिका दृष्टिले पहिरो सबैभन्दा घातक देखिएको छ, जहाँ ९२८ घटनामा ४६७ जनाको मृत्यु भएको छ। बाढीमा १००, चट्याङमा ११४ र जनावर आतंकबाट ७३ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै विपद् घटना काठमाडौंमा (१,७७८) भएका छन् भने मृत्यु संख्या चितवनमा १४९ र सिन्धुपाल्चोकमा ११६ रहेको छ। मकवानपुरमा ११२ र काठमाडौंमा ११३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img