मान्छे जीवन निरन्तर चलिरहेको छ , मान्छे जन्मे पछि जिवनमा केही न केही रोग लाग्छ त्यसका लागि कुन रोगका लागि के खाने के नखाने भन्ने केही घरायसी जडिबुटी :-
खुर्सानी : शरीरमा तापक्रम बढाउन तथा गाउँघरमा नयाँ रोग फैलीए यसको धुप दिन काम लाग्छ ।
बेसार: रूघा खोकी र कलेजो बलियो बनाउन काम लाग्छ ।
अदुवा : गर्मी र ठण्डालाई सन्तुलन राख्न उपयोगी हुन्छ ।
लसुन: पेटको रोग, अल्सर, ग्याष्टिक र आन्द्रा सुन्निने रोगमा अति उपयोगी हुन्छ ।
प्याज: निन्द्रा लगाउन र यौन शक्ति बढाउन उपयोगी हुन्छ ।
जिरा : मुख भित्र आएका घाऊ खटिरामा अति उपयोगी हुन्छ ।
धनियाँ : यसले सितलता प्रदान गर्छ ।
पहाडे सुप : जीउ दुखेको बेला र विशेषगरी सुत्केरी महिलाको जीउ बाँध्न र पाठेघरलाई तन्दुरुस्त बनाउन अति उपयोगी हुन्छ ।
बकाइनो : जुका , चुर्ना मार्न र यसले बोक्राको रसले छालाको रोगमा मालिस गरेमा अति उपयोगी हुन्छ । गा -गाँड र मासुको ट्युमर सुकाउन अति उपयोगी हुन्छ ।
दालचीनी : शरिरको जोर्नी र दिमाग सम्बन्धि रोगमा अति उपयोगी हुन्छ ।
चम्सुर : शरिरमा भएको जोर्नी दुखाइलाई कम गर्न अति उपयोगी मानिन्छ ।
पालुङ्गो : रगत वृद्धि गर्न र शरिरलाई शितल पार्न अति उपयोगी हुन्छ ।
सुकुमेल : पेट पोल्ने समस्या र शरीरलाई शितल राख्न अति उपयोगी हुन्छ ।
ल्वाङ : दाँतलाई बलियो पार्न र सासको दुर्गन्ध हटाउन अति उपयोगी हुन्छ ।
अलैंची : दाँतलाई बलियो पार्न , सासको दुर्गन्ध हटाउन र उल्टी रोक्न अति उपयोगी हुन्छ ।



