Wednesday, February 12, 2025
स्वास्थ्यकुन रोगका लागि के खान हुने र के नखान हुने

कुन रोगका लागि के खान हुने र के नखान हुने

मान्छे जीवन निरन्तर चलिरहेको छ , मान्छे जन्मे पछि जिवनमा के न केही रोग लाग्छ त्यसका लागि कुन रोगका लागि के खाने र के नखान हुने :-

१. जण्डिस रोगका लागि नहुने खानाहरू:-
जण्डिस रोगको एक अौषधी हो पानी अमला अब के नखाने त , जाँड, रक्सि , अमिलो , पिरो , माछा, अण्डा, गरम मसला, खरबुजा,भुँईकटहर,तेल,मेथी, चम्सुर हुन् ।

२.जण्डिस रोग लाग्दा खान हुने खानाहरू:-
मेवा,उखु, लौका,रायो,काउली, चना-केराउको दाल, जाउलो भात, हल्का नुन-बेसार हालेर पकाएको तरकारीहरू पर्दछन् ।

३. जण्डिस रोगको लक्षण :-
जिऊ गल्दै जानू, बान्ता हुनु, पेट दुख्नु, खाना नरूच्नु, अल्छी लाग्नु, खाना खाने बेलामा वाक्वाक लाग्नु, पिसाब पहेँलो हुनु, अन्तिममा अाँखा पहेँलो हुन्छ । यस्तो लक्षण देख्नासाथ तुरुन्त रगत जाँच गरि आयुर्वेदिक उपचार गर्नु उपयुक्त हुन्छ ।

४. जण्डिस रोगको उपचार :-
सेतो फट्किरीलाई फुटाएर पिस्ने, पहिलो दिन आधा ग्राम दहिमा मिलाएर खाने ।दोस्रो दिन १ ग्राम , तेस्रो दिन डेड ग्राम एवं प्रकारले साता दिन सम्म खानाले जण्डिस रोग निको हुन्छ । ठुलो हरडको बोक्रा १०० ग्राममा १०० ग्राम मिश्री मिलाएर धुलो बनाउने र ६/६ ग्राम चुर्ण बिहान- बेलुकाको दरले खाँदा जण्डिस रोगमा फाइदा हुन्छ । गिलोयको ६ मासा चुर्ण महमा मिसाएर चाट्नाले पनि यो रोगमा निको हुन्छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस