तीन वर्षीया बालिकालाई जब’रजस्ती क’रणी गरेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम-४ का ६२ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ ।
भतिजी नाता पर्ने बालिकालाई जब’रजस्ती क’रणी गरेको आरोपमा जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए ।
पीडकले बालिकालाई घरैमा बोलाएर यौ’नजन्य क्रि’याकलाप गरेको प्रहरीले बताएको छ । बालिकाको आमा दिएको जाहेरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।
पीडित र पीडकबीच हाडनाता पर्ने भएकाले प्रहरीले पीडकको विस्तृत जानकारी सार्वजनिक गरेको छैन । पीडकले छिमेकमा रहेकी बालिकालाई घरैमा बोलाएर ललाइफकाइ यौ’नजन्य क्रि’याकलाप गरेको प्रहरीले बताएको छ । ‘पीडकको यौ’नजन्य क्रियाकलाप ज’बरजस्ती क’रणीको भाषा भित्र पर्छ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।