वैशाख ३१ गते देखी जेठ ६ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिश्रम अनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम सुरु गर्ने अवसर मिल्नेछ। व्यापार व्यावसायमा मनग्य लाभ हुनेछ । तर सोमबारदेखि पैसा झिक्न थालेपछि पैसाको अभाव देखिन सक्छ । परिवारबाट टाढा बस्नु पर्ने अवस्था आउन सक्छ। पुराना समस्या दोहोरिने हुँदा उत्साह कम हुनेछ। फाइदा उठाउन चुनौतीको सामना गर्नुपर्नेछ। खानपानमा ध्यान दिनुभएन भने स्वास्थ्य बिग्रन्छ । सप्ताहान्तमा स्थिति अनुकूल हुनेछ। अध्ययनमा प्रगति हुनेछ । पेशा–व्यवसायमा लाभ मिल्नेछ । मेहनतले सफलता मिल्नेछ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा सामाजिक काममा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर आफूलाई स्थापित गर्ने समय छ। नयाँ कामको थालनी हुनेछ र रचनात्मक कार्यको श्रेय लिने अवसर मिल्नेछ। नोकरी र पेसामा प्रगति हुनेछ । व्यापार बढ्नेछ। अध्ययनले उचाइमा पुर्याउनेछ। प्रशंसनीय कामले विशिष्ट व्यक्तिसँग मित्रता बढाउनेछ। आम्दानीका स्रोत जुट्नेछन् । भविष्यको लागि आधार निर्माण गर्ने अवसर हुनेछ। बिहीबार, बिहीबार र शुक्रबार आकस्मिक खर्च बढ्नेछ, आफन्त टाढा रहनेछन् र कामको अभावमा समस्या आउन सक्छ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सुरुमा खराब स्वास्थ्यले पढाइमा बाधा आउनेछ। अरूको स्वार्थमा प्रयोग हुनेछ। आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। सोमबारदेखि स्थितिमा सुधार आउने र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। सहयोगीहरूले समस्याको स्थितिबाट छुटकारा पाउनेछन्। कडा परिश्रमले सफलताको सूत्र पत्ता लगाउन सक्छ। कीर्तिमानी कामबाट ख्याति कमाउने अवसर मिल्नेछ । हराएको स्थान फिर्ता हुनेछ। व्यापार व्यावसाय बढ्नेछ र व्यापारमा राम्रो आम्दानी हुनेछ। सप्ताहन्तमा केही खर्च बढ्ने सम्भावना छ। यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग पर्पल वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व मान्यजनको सल्लाह लिई कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा खराब स्वास्थ्यले पढाइमा बाधा आउनेछ। अरूको स्वार्थमा प्रयोग हुनेछ। आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। सोमबारदेखि स्थितिमा सुधार आउने र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। सहयोगीहरूले समस्याको स्थितिबाट छुटकारा पाउनेछन्। कडा परिश्रमले सफलताको सूत्र पत्ता लगाउन सक्छ। कीर्तिमानी कामबाट ख्याति कमाउने अवसर मिल्नेछ । हराएको स्थान फिर्ता हुनेछ। व्यापार व्यावसाय बढ्नेछ र व्यापारमा राम्रो आम्दानी हुनेछ। सप्ताहन्तमा केही खर्च बढ्ने सम्भावना छ। यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनहरूसँगको भेटघाट सुरुमा सुखद रहनेछ तर यो साता केही उतारचढाव हुनेछ। सोमबारदेखि स्वास्थ्य बिग्रने, खर्च बढ्ने र काम रोकिने सम्भावना छ। मिहिनेत गरे पनि केही नपाए दुखी हुनेछौ। आफन्तसँग मनमुटाव बढ्नेछ र काम बिग्रने डरले सताउन सक्छ। तर, कडा परिश्रमले सफलताको सूत्र पाउन सकिन्छ । यदि तपाईंले समस्या देखाउनुभयो भने, तपाईंले आफ्ना सहकर्मीहरूको समर्थन प्राप्त गर्नुहुनेछ। सप्ताहन्तमा समस्या समाधान गरेर उपलब्धि हासिल गर्न सकिनेछ। काममा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बुधवारदेखि काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम भए पनि व्यवहार चल्नेछ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग हरियो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा कामको बोझले अध्ययनमा बाधा हुन सक्छ। खानपानकाे असावधानीले स्वास्थ्य कमजोर हुनेछ। अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। साेमवारदेखि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। व्यवसायले रमाइलो यात्राको अवसर जुटाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा स्वास्थ्यबाधा र धनहानि हुने सम्भावना छ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दु:ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइको लक्ष्य प्राप्त नहुन सक्छ। सामाजिक समस्या देखा पर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी समेत एक्लै वहन गर्नुपर्ने हुन सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन्। कामकाे सफलताले उत्साह जगाउनेछ। मिहिनेत गर्दा नयाँ अवसर प्राप्त हुनेछ। रमाइलो यात्राको साइत जुर्नेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयाेग्य काम गर्दै नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि साेमवारदेखि समस्या देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले अप्ठ्याराे पर्नेछ। आफ्नैले धोका दिनेछन् र काम बिग्रने डरले सताउनेछ। नजिकका साथीभाइसँग दूरी बढ्ने सम्भावना छ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। प्रतिस्पर्धाकाे दाैडमा पनि अग्रस्थान हासिल हुनेछ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो साता अलि संघर्षमय रहला। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि साेमवार र मंगलवार भाग्यले साथ दिने हुँदा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। बुधवारदेखि घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा काममा धोका पाइनेछ। अध्ययनमा पनि बाधा हुने समय छ। यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा स्राेत–साधन जुट्नाले काम बन्नेछन् र मिहिनेतले उपलब्धि प्राप्त गर्न सकिनेछ। रमाइलाे जमघट र भेटघाटमा मन रमाउनेछ। मंगलवार र बुधवार विवादास्पद जिम्मेवारी आउन सक्छ। ठूलो भागको आशा राख्दा प्रतिफल गुम्न सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। बिहीवार र शुक्रवार स्थिति अनुकूल बन्नेछ। विशेष उपहार तथा सुविधाका वस्तुहरू जुट्नेछन्। सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सप्ताहान्तमा भने पारिवारिक समस्याले मन अशान्त रहनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
याे साता केही उतारचढावमय रहनेछ। प्रारम्भमा लाभांशले उत्साह जगाउनेछ र आवश्यकता पूरा हुनेछन्। तर साेमवारदेखि दौडधुपका साथ समस्या सुल्झाउन जुट्नुपर्ला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। सानातिना काममा अल्झनुपर्दा मुख्य काम राेकिन सक्छ। समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ। खानपान र विश्रामकाे अनियमितताले स्वास्थ्य कमजाेर रहनेछ। सानाे कमजाेरीले विवाद निम्त्याउन सक्छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पर्पल वा सुन्तलारङ हो । कुनै शुभकर्म गर्नु पूर्व इष्ट देवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।