अर्थ व्यापारपहिलो महिनामै १४ अर्बले बढ्यो सार्वजनिक ऋण

पहिलो महिनामै १४ अर्बले बढ्यो सार्वजनिक ऋण

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै सरकारको सार्वजनिक ऋण १४ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित साउन मसान्तसम्मको प्रतिवेदनअनुसार, आर्थिक वर्षको सुरुआतमा सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा साउन मसान्तसम्ममा १४ अर्ब २ करोडले वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो ।

हालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत छ भने आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । सो लक्ष्यअनुसार साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण उठाइसकिएको छ, जुन वार्षिक लक्ष्यको ७.४८ प्रतिशत बराबर हो ।

यसैबीच, चालू आर्थिक वर्षमा सरकारी ऋणको साँवा तथा ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन भएको छ । साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ, जुन वार्षिक बजेटको ८.९३ प्रतिशत बराबर हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img