काठमाडौँ । काठमाडौँको सरस्वती नगर कपनमा “मेरो फोन” नामक मोबाइल पसल भव्य रूपमा उद्घाटन भएको छ।
झन्डै १ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त पसल आजदेखि सञ्चालनमा आएको हो।
पसलमा सामसुङ, एप्पल, ओप्पो, भिभो लगायतका अन्तरास्ट्रिय ब्रान्डका स्मार्टफोन, मोबाइलका सामान, मर्मत सेवा, मोबाइल बीमा र किस्ताबन्दी सुविधा उपलब्ध रहेको सञ्चालक नबिन न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार, “हामी काठमाडौँबासीलाई गुणस्तरीय सेवा र नयाँ प्रविधिको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ काम गर्दैछौँ।” उद्घाटनको अवसरमा विशेष छुट तथा आकर्षक अफरहरू पनि सार्वजनिक गरिएको छ।
उक्त उद्घाटनमा व्यवसायी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।



