समाजअसोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, तर तत्काल कारबाही हुँदैन

असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, तर तत्काल कारबाही हुँदैन

काठमाडौँ । आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भए पनि तत्काल जडान नगरेमा जरिवाना नहुने भएको छ। सवारीधनीलाई आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गई स्वेच्छाले जडान गर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा जरिवाना वा कानुनी कारबाहीमा पर्नुपर्ने भन्ने समाचार तथा सामाजिक सञ्जालमा फैलिएका प्रचार असत्य भएको प्रष्ट पारेको छ। विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारी साधनमाथि कारबाही वा जेल सजाय हुने भन्ने भ्रामक सूचना तथ्यहीन छ।”

विभागका अनुसार तत्कालका लागि कुनै किसिमको जरिवाना नहुने र सेवाग्राहीले सुविधा अनुसार सम्बन्धित यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति प्रदेश कार्यालय तथा विभागमार्फत व्यवस्था गरिएको र सेवाग्राहीको सहजताका लागि आवश्यकता अनुसार थप प्रबन्ध पनि गर्ने बताइएको छ।

यस्तै, इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषासम्बन्धी विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले सम्झौतामा उल्लेख भएअनुसार अंग्रेजी लिपि प्रयोगमा कुनै संवैधानिक वा कानुनी त्रुटि नभएको स्पष्ट गरेको विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img