इन्फो नेपाल — सञ्चारको सञ्जाल

सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीयो

हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीएको छ । यसका चालक गम्भिर घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटनामा परेको हो। बिरामी पुर्‍याएर फर्कँदै गर्दा मकवानपुरगढी ७ नरसिंह डाँडामा अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेको छ । दुर्घटनामा एम्बुलेन्स चालक मकवानपुरगढी वडा नम्बर–७ नरसिंह डाँडाका पेमा रत्न तितुङ गम्भीर घाइते भएका छन्। गम्भिर घाइते चालकको हेटौंडाको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

सम्बन्धित समाचार

तीव्र हावाहुरी चलेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज बिहानैदेखि तीव्र गतिमा हावाहुरी चलिरहेको छ। ​मौसम पूर्वानुमान महाशाखाका अनुसार गोरखा,…

सरकारले भन्याे – मोबाइलमा ‘हाई–अलर्ट’ को सूचना आउन सक्छ, नआत्तिनू

काठमाडाैँ । सरकारले आज काठमाण्डाै उपत्यकाका मोबाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण गर्दैछ । त्यस क्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपत्कालीन सतर्कता…

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता