देशबागमती प्रदेशचितवनमा जापानी इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवनमा जापानी इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन | चितवनमा जापानी इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै जाँदा पाँच जनाले ज्यान गुमाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक भदौ २३ गते राप्ती नगरपालिकाकी ४२ वर्षीया महिलाको मृत्यु भएको जनाइएको छ ।

यसअघि भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय पुरुष, कालिका नगरपालिका–५ का ८९ वर्षीय पुरुष, राप्ती नगरपालिका–१२ की ७० वर्षीया महिला र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया महिलाको मृत्यु भइसकेको छ । उनीहरूको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा तीन जनामा सङ्क्रमण देखिएकोमा एक जनाको ज्यान गएको थियो ।

कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जापानी इन्सेफ्लाइटिस हाल भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा देखिएको छ । यो रोग क्युलेक्स जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो ।

रुपाखेतीका अनुसार यो लामखुट्टे प्रायः घरबाहिर बस्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्छ । लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्दा रोग फैलिने सम्भावना बढ्छ । धानखेतीमा यसले अण्डा पारेर लार्भा बनाउने भएकाले त्यस्ता क्षेत्र रोगको लागि संवेदनशील मानिन्छन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img