Friday, June 13, 2025
बागमती प्रदेशमकवानपुरमकवानपुरमा १ करोड ३५ लाखको भन्सार छली सामान बरामद

मकवानपुरमा १ करोड ३५ लाखको भन्सार छली सामान बरामद

spot_img

हेटौँडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरले असोज २ गते दिउँसो ३ बजे हेटौंडा–१५ स्थित रातोमाटे चौकीबाट भन्सार छली गरी ल्याइएको १ करोड ३५ लाख रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ।

प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडौँ जाँदै गरेको बिआर ०५ जीडी १३४३ नम्बरको भारतीय ट्रकलाई जाँच गर्दा ३४५ बोरा आलुको भन्सार बिल काटेर २६४ बोरा आलु र ७४ बोरा विभिन्न प्रकारका कपडाहरू फेला पारेको थियो।

-Ads-

उक्त सामग्रीसहित ट्रकका चालक भारतको बिहार मोतिहारी, थाना तुकालिया, पूर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सहचालक सोही स्थानको बन्जरिया पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने वर्ष १९ का मुना मियालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

बरामद गरिएका सामान, ट्रक र पक्राउ परेका दुई भारतिय नागरिकलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइने प्रहरी उपरीक्षक रिजालले जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img