मकवानपुरबकैया गाउँपालिकाराप्रपा मकवानपुरद्वारा बकैया गाउँपालिकाका बाढीपीडितलाई राहत वितरण

राप्रपा मकवानपुरद्वारा बकैया गाउँपालिकाका बाढीपीडितलाई राहत वितरण

मकवानपुर | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर जिल्ला कार्यसमितिले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीका बाढी पहिरो पीडितहरूलाई राहत वितरण गरेको छ। वडा नम्बर १० अन्तर्गतका अम्बास, ठिङ्गनबेसी, धुवाकोट, केराबारी र घैयाटार लगायतका १८० घरधुरी बाढीपीडितलाई राहत वितरण गरिएको हो।

राप्रपा मकवानपुरले संकलन गरेको राहत सामग्री पूर्वाधार विकास समिति सभापति माननीय दीपक बहादुर सिंह, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने र वडा नम्बर १० मन्थलीकी वडा अध्यक्ष कमला वाइबाको रोहबरमा वितरण गरिएको हो। राहत सामग्रीहरूमा बाढी प्रभावित परिवारलाई अत्यावश्यक खाद्यान्न उपलब्ध गराइएको थियो।

राहत वितरण कार्यक्रममा बोल्दै पूर्वाधार विकास समिति सभापति दीपक बहादुर सिंहले असोज ११ र १२ गतेको बाढीबाट यस क्षेत्रमा भएको क्षतिले आफूलाई अत्यन्त दुःखित बनाएको बताए। “यो क्षतिको घाउमा मलमपट्टी लगाउन म यहाँ आएको हुँ,” सिंहले भने। साथै, उनले यस क्षेत्रको पूर्वाधार विकासमा निरन्तर काम गरिरहेको र आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे। “बाटो, बिजुली र बस्तीको संरक्षणमा पहल गरिरहेको छु,” उनले थपे।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि ड्यामका ढोका खोल्दा बकैया गाउँपालिका, बागमती गाउँपालिका र भीमफेदी गाउँपालिका लगायतका क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img