Tuesday, June 24, 2025
समाजबेल्जियममा मणिराज गौतमद्वारा लिखित प्रवासका फूलहरू पुस्तक विमोचन

बेल्जियममा मणिराज गौतमद्वारा लिखित प्रवासका फूलहरू पुस्तक विमोचन

spot_img

बेल्जियम | नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को आइतबार एक विशेष समारोहमा बेल्जियममा विमोचन गरेका छन्  ।

कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले गरेको थियो। विमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

पुस्तक विमोचन गर्दै राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूको अनुभवलाई देशका नीति निर्माताहरूले ध्यान दिन सकेमा देश विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनका अनुसार प्रवासका फूलहरू युरोपेली नेपालीहरूको अनुभव र संघर्षको दस्तावेजका रूपमा इतिहासमा रहनेछ। यसले युवापुस्तालाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरे।

लेखक गौतमले प्रवासका फूलहरू मा युरोपका ३९ नेपालीका जीवन्त कथा समेटिएको बताए। करिब डेढ वर्षको मेहनतपछि पुस्तक तयार गरिएको र विदेशी भूमिमा विमोचन गर्न पाउँदा आफू आभारी रहेको गौतमले बताए। पुस्तकमा नेपालीहरूको बाल्यकाल, शिक्षा, राजनीति, परिवारिक अवस्था, र वैदेशिक संघर्षका वास्तविक कथाहरू समावेश छन्।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा रहेका नेपालीहरूले नेपाली पहिचानलाई जोगाउन गरेका प्रयासको प्रशंसा गर्दै लेखक गौतमले यो पुस्तक मार्फत उदाहरणीय काम गरेको बताइन्।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले युरोपमा रहेका नेपालीहरूको संघर्ष र सफलताको यथार्थ चित्रण गर्न गौतमले गरेको प्रयासलाई उच्च मूल्यांकन गरे।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img