मकवानपुरबकैया गाउँपालिकासशस्त्र प्रहरी प्रमुख भुर्तेलको सहयोगमा छत्रेश्वर महादेव मन्दिर पुनर्निर्माण

सशस्त्र प्रहरी प्रमुख भुर्तेलको सहयोगमा छत्रेश्वर महादेव मन्दिर पुनर्निर्माण

मकवानपुर | सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरका प्रमुख ज्ञानप्रसाद भुर्तेलको व्यक्तिगत लगानी र सशस्त्र प्रहरी कर्मचारीको श्रमदानमा छत्रेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ। मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा रहेको मन्दिरको पुनर्निर्माणका लागि प्रमुख भुर्तेलले आफ्नै लगानीमा तीन लाख पचास हजार रुपैयाँ खर्च गरेका छन्।

मन्दिर पुनर्निर्माण अन्तर्गत परिसर सरसफाइ, संरचनाको मर्मत, र आवश्यक पूर्वाधार निर्माण गरिएको छ। प्रमुख भुर्तेलका अनुसार, मन्दिरमा चढाइएको जल विसर्जन गर्न पाँचवटा रिङको ट्याङ्की निर्माण गरिएको छ भने मन्दिरको अग्रभागमा नन्दीको स्थान निर्माण गरी मूर्ति राखिएको छ। मन्दिरको पूर्व भागमा शिवलिङ्ग स्थापना गरिएको छ र परिसरमा ५ हजार ७० वटा ब्लक बिछ्याइएको छ।

यससँगै, रुद्राक्ष, पारिजात, बेलपत्रलगायतका बिरुवा रोपेर परिसरलाई हरियालीयुक्त बनाइएको छ। मन्दिर परिसरको पर्खाल मर्मत, धारा वरिपरि डीबीसी गरिएको, र महादेव उत्पत्ति स्थलमा रहेको पुरानो संरचनालाई संरक्षण तथा मर्मत गरिएको छ।

यो पुनर्निर्माण कार्य २०८१ मंसिर ९ गते सम्पन्न भएको हो। द्धन्दकालमा मन्दिर परिसरमा सशस्त्र प्रहरीका केही कर्मचारीले शाहदत प्राप्त गरेको स्मरण गर्दै मन्दिरलाई पुनर्निर्माण गरिएको प्रमुख भुर्तेलले बताए।

मन्दिरको पुनर्निर्माणले धार्मिक महत्वका साथै स्थानीय क्षेत्रको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने विश्वास गरिएको छ। यस कार्यमा सशस्त्र प्रहरी बलको सामूहिक प्रयास र प्रमुख भुर्तेलको नेतृत्वले ऐतिहासिक स्थललाई पुनर्जीवित गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img