Saturday, July 19, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाउच्च अदालतको आदेशपछि हेटौँडामा फोहोर सङ्कलन रोकियो

उच्च अदालतको आदेशपछि हेटौँडामा फोहोर सङ्कलन रोकियो

spot_img

हेटौँडा | हेटौँडा उपमहानगरपालिकामा बिहीबारदेखि नियमित हुँदै आएको फोहोर सङ्कलन तथा व्यवस्थापन कार्य रोकिएको छ। उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेपछि उपमहानगरपालिकाले फोहोर व्यवस्थापन स्थगित गरेको हो।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार अदालतको आदेशपछि वैकल्पिक स्थानको अभावमा फोहोर उठाउने काम रोक्नुपरेको छ। उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर सङ्कलन स्थगित गरिएको जानकारी गराएको छ।

- Advertisement -

राप्ती तटमा रहेको फोहोर सङ्कलन केन्द्रमा आगलागी भएपछि प्रदूषण फैलिएको भन्दै योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले मङ्गलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा अर्को निर्णय नभएसम्म फोहोर नफाल्न र फाल्न नलगाउन निर्देशन दिइएको छ।

अदालतले उक्त आदेशलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न माघ २९ गतेका लागि पेशी तोकेको छ। वैकल्पिक स्थान खोज्ने प्रयास भइरहेको भए पनि हालसम्म उपयुक्त विकल्प नपाइएको प्रवक्ता न्यौपानेले बताए। उनले नगरबासीलाई अर्को व्यवस्था नभएसम्म घरमै फोहोर व्यवस्थापन गर्न आग्रह गरेका छन्।

वि.सं. २०२६ मा तत्कालीन हेटौँडा नगर पञ्चायतले राप्ती तटलाई फोहोर फ्याँक्ने स्थान तोकेपछि ५५ वर्षदेखि सोही क्षेत्रमा फोहोर व्यवस्थापन हुँदै आएको थियो। अहिले अदालतको आदेशसँगै हेटौँडाको फोहोर व्यवस्थापन अन्योलमा परेको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img