हेटौँडा | हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा दण्ड बिना सिकाइ विषयक अन्तरक्रिया एवम् प्रतिबिम्बन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्व प्राथमिक र प्राथमिक तहका शिक्षकहरूको सहभागिता रहेको थियो भने अनुभवि शिक्षक,शैक्षिक विभाग प्रमुख , विषय पर्यवेक्षक र तहगत संयोजकहरू वक्ता रहेका थिए।
कक्षाकोठामा भएरहित वातावरणमा कसरी सिकाउने , दण्डले बालबालिकामा पर्ने प्रभाव,कानुनी व्यवस्था र समाधानका विषयमा प्रतिबिम्बन,प्रश्नोत्तर छलफल र असल अभ्यास साझा गर्दै शिक्षकहरूबाटै सिक्ने सिकाउने शैलिमा चलाइएको छलफल कार्यक्रम निकै फलदायी भएको शिक्षकहरूले बताएका छन् ।
बिगतका वर्षहरूदेखि नै भइरहित वातावरणमा कसरी सिकाइ गर्ने भन्नेबारे विभिन्न तालिमहरू आयोजना गरिँदै आएको भएतापनि बेला बेला पुनर्ताजगी आवश्यक पर्ने हुनाले कार्यक्रमको आयोजना गरिएको तालिम विभाग प्रमुख हर्क बहादुर कार्कीले जानकारी दिए । यस अघि माथिल्लो कक्षाका शिक्षकहरूसँग पनि यस्तो खालको कार्यक्रम गरिएकोमा यसपटक बाँकी शिक्षकहरुसँग पनि यसखालको कार्यक्रम गरिएको विद्यालयले जनाएको छ।
नवोदय विभिन्न मापदण्ड पूरा गर्दै बालमैत्री घोषणा हुनु भन्दा अगाडिबाटै बालमैत्री शिक्षण अभ्यास गर्दै आइरहेको विद्यालय हो ।
शिक्षक पनि मानिसनै भएकाले शिक्षकबाट पनि गल्ति हुनसक्ने तर निरन्तर प्रतिबिम्बन गर्दै सिक्दै सिकाउँदै अघि बढे मात्र दण्ड रहित र भयरहित वातावरणमा सिकाइ सम्भव हुने हुँदा यस्ता कार्यक्रम निकै महत्वपूर्ण रहेको विद्यालय प्रशासनको भनाइ रहेको छ । कुनै पनि कुराको घोषणा भन्दा पनि सो कुराको कार्यान्वयन र निरन्तरता चूनौतिपूर्ण हुनेभएकाले यस्ता कार्यक्रमलाई आगामी दिन पनि अझ प्रभावकारी ढंगबाट निरन्तरता दिने विद्यालयले जनाएको छ ।



