मकवानपुरबागमती गाउँपालिकाबागमती गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषित भएको छ। बिहीवार एक कार्यक्रमका बीच गाउँपालिकाले आवश्यक सम्पूर्ण मापदण्डहरू पुरा गर्दै पूर्णखोप सुनिश्चित तथा दिगोपनाको घोषणा गरिएको हो।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक सर्केश घलानको सभाध्यक्षता र बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

बागमतीले पूर्णखोप निर्देशिका अनुसारका सबै प्रक्रिया पूरा गरेको जनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख एवं पूर्णखोप समन्वय समितिका सदस्य सचिव कृष्ण मिजार र प्रदेशसभा सदस्य पुलामीले अध्यक्ष घलानलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा सिनियर अनमी सुजिता जिरेलले पूर्णखोप घोषणाका लागि पालिकाले पूरा गरेका मापदण्डबारे जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले कार्यक्रम सञ्चालन गरका थिए ।

९ वटै वडामा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र सबै आवश्यक खोप लगाई पूर्णखोप सुनिश्चित गरिएकाले वडाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो।

खोप अभियानमा योगदान पुर्‍याउने खोप फोकल पर्सन तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img