इन्फो नेपाल — सञ्चारको सञ्जाल

शी लिड्स आइकन : ३१ महिला जनप्रतिनिधि छनोट, हेटौँडाकी मेयर लामा पनि सूचिमा

हेटौँडा | महिला नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कल्प इम्पावर वीमेन नेपालले सञ्चालन गर्दै आएको “शी लिड्स आइकन” कार्यक्रम अन्तर्गत दोस्रो संस्करणका लागि हेटौँडाकी मेयर मीना कुमारी लामा सहित सातै प्रदेशबाट ३१ महिला जनप्रतिनिधि छनोट भएका छन्।

कार्यक्रमका लागि देशभरबाट १३१ आवेदन परेका मध्ये १११ प्रक्रिया पूरा भएका थिए। तीमध्ये राजनीतिज्ञ अष्टलक्ष्मी शाक्य, सञ्चार विज्ञ चारु चड्ढा र लैंगिकता विशेषज्ञ सरु जोशीसहितको निर्णायक मण्डलले मूल्यांकन गरी ३१ महिला जनप्रतिनिधि चयन गरेको  आयोजकले जनाएको छ  छनोट भएकामध्ये सात जना प्रमुख तथा अध्यक्ष र २४ जना उपप्रमुख तथा उपाध्यक्ष रहेका छन्।

बागमती प्रदेशबाट पाँच महिला छनोट भएका छन्। हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्की (थापा), धादिङको नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष सिता माया गुरुङ, दोलखाको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामा छनोटमा परेका हुन्।

अन्य प्रदेशबाट कोशीका चार, मधेशका पाँच, गण्डकीका चार, लुम्बिनीका चार, कर्णालीका चार र सुदूरपश्चिमका पाँच महिला प्रतिनिधि चयन भएका छन्।

आयोजक संस्थाका अध्यक्ष पूजा कोइरालाका अनुसार चयनमा परेका ३१ महिला जनप्रतिनिधिलाई भाद्र १६ गते तालिम, भाद्र १७ गते सञ्चारकर्मी भेटघाट र पुस १८ देखि २० गतेसम्म काठमाडौंमा महिला जनप्रतिनिधि उत्सवमार्फत प्रस्तुत गरिनेछ। पुस २२ गते हुने अवार्ड समारोहमा ३१ जनामध्ये सात जनालाई ‘शी लिड्स आइकन’ घोषणा गरिनेछ।

यसैबीच, नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई संचार गर्ने अभियान अन्तर्गत “शी लिड्स आइकन” दोस्रो संस्करणको जनमत खुला गरिएको छ। राष्ट्रिय स्तरमा मतदान गर्नका लागि इसेवा एपमा गई “भोटिङ” भित्र रहेको शी लिड्स आइकन, दोस्रो संस्करणमा क्लिक गरी भोट गर्न सकिन्छ। त्यस्तै, अन्तर्राष्ट्रिय भोटका लागि 'माई पे'मा लगइन गरी  भोट गर्न सकिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सेयर गरे अर्थ र परराष्ट्रमन्त्रीसँगको तस्बिर

मकवानपुर । भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वज…

नेपाल र भारतबीच आठ क्षेत्रमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ। नेपाल र भारतबीच आठवटा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी सम्झौताले सुरक्षा, प्र…

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

काठमाडाैँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ। भेटमा दुई देशबीच आर्थिक साझेदारी, यातायात र डिजिट…