Thursday, June 5, 2025
मकवानपुरकैलाश गाउँपालिकाकैलाशमा एक महिने सिलाई कटाई तालिम सम्पन्न
spot_img

कैलाशमा एक महिने सिलाई कटाई तालिम सम्पन्न

spot_img

कैलाश | कैलाश गाउँपालिका–८, भार्तामा सञ्चालित एक महिने सिलाई कटाई तालिमको मंगलबार औपचारिक समापन गरिएको छ। समापन कार्यक्रम वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैशाख १६ गतेदेखि सञ्चालनमा आएको तालिममा १४ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले अघिल्लो वर्ष झैं यो वर्ष पनि महिलाहरूलाई सीपमूलक बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।

-Ads-

“ज्ञान र सीप व्यवहारमा नआए बिर्सिदै जान्छ। घरमै बसेर कपडा सिउने अभ्यास गरौं, मनहरी जानु नपर्ने बनाऔं,” अध्यक्ष मुक्तानले भने। उनले तालिमसँगै सहभागी महिलाहरूलाई सिलाई मेशिन उपलब्ध गराइने जानकारी पनि दिए।

तालिमको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सीपलाई व्यवसायिक आयआर्जनसँग जोड्न सुझाव दिए। “जानेको सीपलाई सदुपयोग गर्नुहोस्, मेशिनलाई खिया लाग्न नदिउँ,” उपाध्यक्ष मल्लले भने।

तालिमपछि सहभागी महिलाहरूलाई तीन दिने उद्यमशीलता तालिम पनि प्रदान गरिएको थियो। गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाको सहकार्यमा समाज सुधार तथा संरक्षण केन्द्रले तालिम आयोजना गरेको हो।

कार्यक्रममा तालिम संयोजक इन्दिरा न्यौपाने, वडा नं. ८ का सचिव प्रकाश अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, सिलाई तालिम प्रशिक्षक शान्ता थिङ र उद्यमशीलता तालिम प्रशिक्षक मनोजकुमार साहको उपस्थिति रहेको थियो।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img