Tuesday, March 18, 2025
देशगण्डकी प्रदेशपोखरामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

पोखरामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

पोखरा | बुधबार बिहान पोखरा महानगरपालिका-२७, सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार मृत्यु हुनेमा २२ वर्षीय भीमबहादुर थापा रहेका छन्।

घटनामा परी घरभित्र च्यापिएको अवस्थामा फेला परेकी ५० वर्षीया कमला थापालाई भने सकुशल उद्धार गरिएको छ। प्रहरीका अनुसार बुधबार बिहान अचानक खसेको पहिरोले ब्लकले बनेको घर पुरिएको थियो। घटनाको समयमा कमला र भीम दुवै जना घरभित्रै रहेका थिए।

घटनाको जानकारी पाउनासाथ स्थानीय बासिन्दाहरू उद्धार कार्यमा जुटेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय शिसुवा र सशस्त्र प्रहरी बल नेपाल २४ नं. कालिका गण मालेपाटनको टोली पनि उद्धार कार्यमा संलग्न भएको थियो। उद्धार टोलीले कमलालाई सकुशल उद्धार गरे पनि भीमलाई भने मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img