सुनसरी / संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकाको मेयर र उपमेयरमा श्रीमान र श्रीमतीको उम्मेदवारी परेको छ ।
यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीले खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयरमा उनकै श्रीमती मैयाँदेवी चिमरियालाई टिकट दिएको हो ।
मेयर उम्मेदवार बनेका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदका केन्द्रीय सदस्य हुन् । पार्टीले जिम्मा दिएपछि श्रीमान–श्रीमतीले नै एउटै पार्टीबाट एउटै पालिकामा उम्मेदवारी दिएको तिम्सिनाको भनाइ छ ।
खाँदबारी नगरपालिका मेयरका लागि लागि ३ स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुवैको उम्मेदवारी दर्ता भएको खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।