सुनसरी | टीका लगाउन मामल गएकी झापामा एक बालिकालाई गोमन सर्पले डसेर मृत्यु भएको छ ।
गोमन सर्पले डस्दा टीका थाप्न मावल गएकी दमक नगरपालिका- २ की ८ वर्षीया श्रुति सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कोठाको भुइँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर बालिका गोमन सर्पले डसेको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।



