सुनसरी / धनकुटामा पाँचौं प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो धनकुटा महोत्सव आज समापन भएको छ ।
उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा माघ ६ देखि माघ १६ गते सम्म धनकुटा ५ को तल्लो टुँडिखेलमा महोत्सव आज समापन भएको छ । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत १ नम्बरको आर्थिक विकासको आधार भन्ने मुल नाराका साथ यस पटक पाँचौँ पटक महोत्सव आयोजना भएको थियोे ।
शनिबार राति महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको बेला अनियन्त्रित भीडमा परी ३० जना घाइते भएका भिए । महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेकालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।
महोत्सव केहि दिनथप गरिने भनिएको थियो तर १४ गतेको घटना पछि आयोजकले निर्धारीत समयमा नै महोत्सव सम्पन्न गरिएको आयोजक समिती धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिएका छन् ।
महोत्सवमा हरेक दिन कलाकार तथा गायकहरूको उपस्थितिमा मनोरञ्जनात्मक कार्यक्रम पनि भएको थियो ।