सुनसरी : धनकुटाको तमोर नदीस्थित मूलघाटमा स्थानीय बासिन्दाहरूले उखु ल्याएर व्यापार गर्दै आएका छन् ।
यहाँ उखुको उत्पादन क्षेत्र पनि रहेका यहाँ १२ महिना उखु पाइन्छ । धनकुटाको तमोर करिडोर र धनकुटाका विभिन्न क्षेत्रमा उत्पादन हुने उखु यहीँ तमोर पुलमा व्यापार हुने गरेको छ ।
सशस्त्र प्रहरीको ‘चेकपोष्ट’ कुनै पनि सवारीसाधन रोकिनेबित्तिकै तँछाडमछाड गर्दै स्थानीय व्यापारी ‘उखु खाम उखु’ भन्दै गाडीका झ्यालमा पुग्छन् । सवारीसाधनमा यात्रीहरूले उखु प्रतिमुठी रु ५० देखि एक सयसम्म बेच्ने गरेका छन्
यहाँ सडकमा उखु बेच्नको जति भीड लाग्छ त्यति नै धेरै यहीँ साँगुरी गाउँपालिकाको वडा नं १ र ७ धनकुटा नगरपालिका वडा नं ९ मा रहेको मूलघाटमा महाभारत गाविसको लेउतीटार गाउँभरि उखुखेती पनि हुने गर्दछ । यहाँ उत्पादित उखु यात्रुलाई बेचेर यहाँका ६० भन्दाबढी घरपरिवार स्वरोजगार बनेका छन् ।
घरीघरी सडकको दुवैतर्फबाट गाडी आएर रोकिँदा उखु बेच्नेको भागदौड र भीड हेर्न जति रमाइलो लाग्छ सायद यात्रुलाई पनि त्यति नै उखु खाउँखाउँ लाग्ने गर्दछ । तमोर पुलमा तस्बिर खिच्नेहरू पनि यहा झरेन उखुको जोल वा उखुको मुठी लिएर जाने गर्दछन् । यहीँ उखुलाई मेसिनमा पिधेर जोल समेत खान सकिन्छ । धनकुटालाई एभोकाडोको राजधानी भनेर पनि भनिन्छ ।



