संखुवासभा | संखुवासभाको सिलिचोङ र मकालुमा भएको छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।
सिलिचोङ गाउँपालिका–३ खड्बा खोला नजिकै रहेको तेवा भिरमा लडेर राजन राईको मृत्यु भएको हो ।
साथीहरूसँग भिरमा चढेर भिर मौरीको मह काढ्ने क्रममा आइतबार साँझ १ सय ५० मिटर अग्लो भिरबाट लडेर उनको मृत्यु भएको संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
यसैबीच, मकालु गाउँपालिका–२ सेदुवा कास्वा हाईड्रो पावरको सडकको ट्रयाक खोल्ने क्रममा सोही ठाउँका ३० वर्षीय सुरबिर राईको जेसिबी दुर्घटना परी मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान जेसिबी अचानक बाटोबाट करिब १ सय मिटर तल झरेर दुर्घटना हुँदा राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।