Friday, May 16, 2025
समाजप्रेम आलेलाई धक्का लाग्ने गरी सर्वोच्चको आदेश !
spot_img

प्रेम आलेलाई धक्का लाग्ने गरी सर्वोच्चको आदेश !

spot_img

काठमाडौं । निवर्तमान पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई एकपछि अर्को धक्का लाग्न थालेको छ ।

उनको पालामा भएका मन्त्रालयका कतिपय निर्णयहरु उल्टन थालेका छन् । सर्वोच्च अदचलतले आजै नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै अधिकारीमाथिको निलम्बनको आदेश अन्तरिम कालका लागि फुकुवा भएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो । जसमा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भनिएको छ ।

११ कात्तिक २०७९ मा अधिकारी ४ वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । उनलाई आलेले निलम्बन गर्ने कदम चालेका थिए । उनले दिपराज ज्वारचनलाई महाप्रबन्धकको रुपमा कामकाज गर्ने गरी अस्थायी नियुक्ति दिने गरी सरकारबाट निर्णय गराएका थिए । सर्वोच्चले उक्त निर्णय समेत कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको छ ।-File Photo

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img