Saturday, April 19, 2025
समाजझापामा निधन भएको भनेर काज किरिया गरिएका व्यक्ति घरमा आएपछि…
spot_img

झापामा निधन भएको भनेर काज किरिया गरिएका व्यक्ति घरमा आएपछि…

सुनसरी: झापामा काजकिरिया सकेकै दिन मृतक भनिएका युवक टुप्लुक्क घर आइपुग्दा परिवार मात्र होइन सारा गाउँले र आफन्त चकित बनेका छन्।

दुई साताअघि सुरुङ्गास्थित कोटिहोममा बेवारिसे शव फेला परेको थियो । सुरुङ्गा प्रहरीले शवको पहिचान नहुञ्जेलका लागि मेची प्रादेशिक अस्पतालको शवगृह मा शव पठाएको थियो । कनकाईमा मलामी आएका छिमेकीले गाउँमा सो खबर पुर्याए ।

कोटीहोममा फेला परेको शव मुडुला कार्कीको भन्ने सम्म सूचना गाउँ पुगेपछि हराइरहेको दाईको पहिचान गर्न हल्दिवारी १ गोल्धापबाट एउटा परिवार भद्रपुर पुगेको थियो ।

मृतककी बहिनी बिना कार्कीले शव हेर्दा आफ्नै दाई जस्तै लागेपछि कनकाईमा लगेर आफन्त, छरछिमेकको सहयोगमा अन्त्येष्टि समेत गरिन् । गोलधापमा मृतकका कान्छा काका काजकिरियामा बसे ।

‘दाई सुरज कार्की (२७) घर परिवारबाट सम्पर्क विहीन भएको ३ वर्ष भएको थियो,’ बहिनी बिनाले भनिन्, ‘देख्ने सुन्ने जान्नेले मुडुला कार्की रहेछ भने, जिउ पनि पातलो देखेपछि दाई नै हो भन्ने लागेर धार्मिक रीतिरिवाज अनुसारअन्त्येष्टि गरियो, काजकिरिया पनि गरियो । काम सकेकै दिन दाई टुप्लुक्क घर आइपुग्दा हामी परिवार चकित पर्यौं ।’

आफ्नो काजकिरिया काकाले गरिरहेको सुरजले सामाजिक सञ्जालमा थाहा पाएपछि उनी घर गएका थिए ।

उनले भने ‘काकाले मेरो क्रिया गरिरहेको १२ औं दिनका दिन फेसबुकबाट देखें । कुनै अप्ठेरो होला भनेर कसैलाई भनिन । सिधै घर गएँ ।’

बेवारिसे अवस्थामा फेला परेको शव आफन्त कै रहेको भनेर जलाइएको १२ दिनपछि मात्र कार्की परिवारले अर्कै व्यक्तिको काजकिरिया गरेको थाहा पाएको बताइएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img