देशगण्डकी प्रदेशभीरबाट लडेर दुई मजदुर घाईते

भीरबाट लडेर दुई मजदुर घाईते

काठमाडौं: भीरबाट लडेर दुई मजदुर घाईते भएका छन् ।

काम सकेर घुम्न निस्केका दुई मजदुर भीरबाट लडेर घाईते भएका छन् । बागलुङको चिप्लेटी बसपार्क र वडा नं. ९ तित्याङ जोड्ने झोलुङ्गे पुल मुनीको भीरबाट लडेर उच्च अदातल बागलुङ इजलाशको भवन बनाउने काम गर्ने मजदुरहरु घाईते भएका हुन् ।

उदयपुर जिल्लाको गाईघाट नगरपालिका–२ का ३० बर्षिय बिरेन्द्र सदार र २६ बर्षिय पञ्चलाल सदार भीरबाट लडेर घाईते भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । बिरेन्द्र पुलमुनीबाट दुईसय मिटर तल खसेका थिए । पञ्चलाल भने भीरमा रहेको रुखमा अडिएका थिए । घाईते मध्ये बिरेन्द्रको अवस्था गम्भिर छ ।

उनीहरु किन पुलमुनीको भीरमा पुगे भन्ने बिषयमा अनुसन्धान भैरहेको केसीले बताए । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img