संखुवासभा / संखुवासभा कारागारका कैदीलाई निर्माण ब्यावसायी संघले खसी उपहार दिएका छन् ।
१६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरि नेपाल निर्माण ब्यवसायी संघ संखुवासभाले खाँदबारी कारागारका कैदीबन्दीहरुलाई खसी उपहार दिएका हुन् ।
निर्माण ब्याबसायी संघका सल्लाहकार तथा पदाधिकारीहरु कारागार पुगी जेलर राजेन्द्र घिमिरेलाई खसी हस्तान्तरण गरेका थिए । चियापान तथा खसी हस्तान्तरण कार्यक्रममा निर्माण ब्यवसायी संघ संखुवासभाका सल्लाहकार संयोजक मिगुर शेर्पा, निवर्तमान अध्यक्ष कुलबहादुर श्रेष्ठ, कार्यसमिति अध्यक्ष सन्तोष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको निर्माण ब्याबसायी संघ संखुवासभाका अध्यक्ष सन्तोष राईले बताए ।
बर्सेनि निर्माण ब्याबसायी संघले कैदीहरुलाई खसी दिने गरेका छन् । खाँदबारी कारागारमा हाल ८ महिला र १२२ पुरुष गरि १३० जना कैदीबन्दीहरु रहेका छन् ।