Sunday, January 19, 2025
देशकोशी प्रदेशसुन्दरहरैंचामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

सुन्दरहरैंचामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

सुनसरी / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

शुक्रबार राति पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को. २० प ५८५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुन्दरहरैचा ७ का २८ वर्षीय बिक्रम माझीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका उनलाई उपचारको लागि घोपा धरान लगिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । माझीको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक सुन्दरहरैँचा ७ का २५ वर्षीय भुपाल मगर र सोही मोटरसाईकलमा पछाडी सवार ३२ वर्षीय भिम बहादुर मगर घाइते भएका छन् ।

घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img