Thursday, January 23, 2025
समाज१४ सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

१४ सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

मकवानपुर: जाजरकोटमा  १४०० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन युथ क्लब नेपालद्वारा भूकम्प प्रभावित जाजरकोटमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १४ सय जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

नलगाड नगरपालिका वडा नं. १२, तल्लुबगर स्थित श्री विरेन्द्र हिमालय माध्यमिक विद्यालयको प्राङगणमा भएको शिविरमा सामान्य चिकित्सा, फोक्सो तथा निमोनिया, स्त्री तथा प्रसूति रोग, दन्त शिविर तथा मनोरोग परामर्सका बिरामीको स्वास्थ परीक्षण गरिएको थियो ।

शिविरमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १०, ११, १२, १३ र पश्चिम रुकुम जिल्लाको आठविसकोट नगरपालिका वडा नं. ४, ५, ६ एवं डोल्पा जिल्लाबाट समेत विरामीहरु स्वास्थ्य उपचारको लागि आएका थिए । सोही शिविरमा तीन महिना भित्रका सुत्केरी महिलाहरुलाई न्यानो वस्त्र पनि वितरण गरिएको थियो । नलगाड नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहन बहादूर खत्रीले शिविरको उद्घाटन गरेका हुन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img