Wednesday, May 14, 2025
समाजरेबिज नियन्त्रणका लागि टेम्केमैयुङमा बृहत् खोप अभियान
spot_img

रेबिज नियन्त्रणका लागि टेम्केमैयुङमा बृहत् खोप अभियान

spot_img

भोजपुर | टेम्केमैयुङ गाउँपालिकाले रेबिज रोग रोकथामका लागि बृहत् खोप अभियान सञ्चालन गरेको छ। गाउँपालिका वडा नम्बर ९ मा सञ्चालित उक्त अभियानअन्तर्गत २ सय वटा कुकुर र ३० भन्दा बढी बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ।

टेम्केमैयुङ गाउँपालिका र वडा नम्बर ९ वडा कार्यालयको संयुक्त आयोजनामा सञ्चालित खोप अभियानमा टेम्केमैयुङ ९ का विभिन्न बस्तीका कुकुर र बिरालोलाई खोप दिइएको हो। वडाका पान्धारे, हिले, राउते, ओइराङ, हिलेखानी र काभ्रे क्षेत्रका पशुपंक्षीलाई समेटिएको छ।

वडा अध्यक्ष नभराज माङ्पाहाङका अनुसार आगामी दिनमा पनि खोप अभियान निरन्तर रूपमा चलाइने छ। रेबिज रोगको जोखिमबाट वडालाई मुक्त बनाउन वडा कार्यालय र गाउँपालिका प्रतिबद्ध रहेको उनले बताए।

वडाका विपन्न समुदाय बसोबास गर्ने ग्रामीण बस्तीमा सामुदायिक कुकुरको बढ्दो सङ्ख्याले रेबिज रोगको जोखिम बढेकाले खोप अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

गाउँपालिकाका भेटेरिनरी शाखाका स्वास्थ्यकर्मी बुद्धिराज राई र पप्पु यादवसहित वडा कार्यालयका कर्मचारीको सहभागितामा उक्त खोप अभियान सम्पन्न गरिएको हो।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img