Thursday, April 24, 2025
मौसमआइतबार यी ठाउँहरूमा वर्षा, हेर्नुहोस् आगामी तिन दिनको मौसम पूर्वानुमान
spot_img

आइतबार यी ठाउँहरूमा वर्षा, हेर्नुहोस् आगामी तिन दिनको मौसम पूर्वानुमान

काठमाडौं | आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भेगहरूमा आंशिकदेखि साधारण बदली रही बाँकी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानहरू तथा अन्य पहाडी भेगका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना छ।

आइतबार राति देशभर आंशिकदेखि साधारण बदली रहने अनुमान छ। देशका पहाडी भेगका केही स्थानहरू र बाँकी क्षेत्रका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना छ।

सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भेगहरूमा आंशिकदेखि साधारण बदली रही बाँकी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भेगहरूमा आंशिकदेखि साधारण बदली रही बाँकी क्षेत्रहरूमा मौसम मूख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

मौसम विभागले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत विभिन्न क्षेत्रमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img