Saturday, November 2, 2024
समाजतार चुँडिएर करेन्ट लाग्दा तीन जनाको ज्यान गयो

तार चुँडिएर करेन्ट लाग्दा तीन जनाको ज्यान गयो

spot_img

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । आज (शनिबार) दिउँसो करिब सवा २ बजेको समयमा घरअगाडि खेल्दै गरेका चार वर्षीय बालक कृष्णलाई बिजुलीको करेन्ट लाग्यो ।

बालकलाई बचाउन गएका उनका हजुरबुबा ६० वर्षीय गोरखबहादुर केसी र हजुरआमा ५५ वर्षीया दिलसरालाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका तिनैजनाको घटनास्थलनजिकै रहेको लमही अस्पताल र बुटवलमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्जवल बहादुर सिंहले बताए।

हजुरबुबा केसीको बुटवल र हजुरआमा दिलसरा र नाति कृष्णको लमही अस्पतालमा उपचारको क्रममा निधन भएको हो। घरभित्र आउँदा बिजुलीको तारले छुने गरी खेल्दा घटना भएको बताइएको छ । प्रहरीले घटनास्थलको अनुसन्धान र अनुगमन गरिरहेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img