कोशी प्रदेशइटहरीइटहरीबाट पूर्व जाँदै गरेको बसको ठक्करबाट एक साइकलयात्रीको वृद्वको मृत्यु

इटहरीबाट पूर्व जाँदै गरेको बसको ठक्करबाट एक साइकलयात्रीको वृद्वको मृत्यु

इटहरी | इटहरीबाट पूर्व जाँदै गरेको बसको ठक्करबाट एक वृद्वको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साइकल यात्री स्थानीय ७९ वर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका निरौलालाई उपचारको लागी विराटनगर नोबेल अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बसका चालक सुनसरीको धरान -२० बल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रण लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img