Saturday, April 19, 2025
समाजकस्तो रहला शुक्रवारसम्मको मौसम, हेर्नुहोस् पूर्वानुमान
spot_img

कस्तो रहला शुक्रवारसम्मको मौसम, हेर्नुहोस् पूर्वानुमान

काठमाडौं | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ। पूर्वानुमान अनुसार, बुधबार रातिदेखि शुक्रबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रहने सम्भावना छ।

बुधबार राति देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बिहीबार र शुक्रबार मौसममा थप परिवर्तन आउने देखिन्छ। यी दिनहरूमा देशभर साधारणदेखि पूर्णतया बदली रहने र अधिकांश स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी बिहीबार र शुक्रबार दिउँसो र राति वर्षाको मात्रा र प्रभाव बढी हुने देखिन्छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको साथै एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

मौसम विभागले सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। विशेषगरी नदी किनार र पहाडी क्षेत्रमा बस्नेहरूलाई सचेत रहन आग्रह गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img