काठमाडौं | मकवानपुरको हेटौँडामा–४ स्थित नवोदय इनोभेसन सेन्टरले आधारभूत तह (कक्षा ४-७) का लागि एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। बुधवार आयोजित पत्रकार सम्मेलनमा केन्द्रले यस कार्यक्रम बारे जानकारी दिएको हो ।
तालिम कार्यक्रम प्रमुख नरेन्द्र कुमार नगरकोटीका अनुसार, यो एक वर्षीय डिप्लोमा कोर्स हुनेछ जसमा २४ जना प्रशिक्षार्थीलाई समावेश गरिनेछ। कोर्सको रजिस्ट्रेसन प्रक्रिया पहिले नै सुरु भइसकेको उनले जनाकारी दिए ।
प्रमुख नगरकोटीका अनुसार, यो कार्यक्रम बालकेन्द्रित शिक्षण पद्धतिमा केन्द्रित रहनेछ। उनले भने, “हाम्रो लक्ष्य विद्यालयहरूमा शैक्षिक क्रान्तिको अनुभूति दिलाउने खालका शिक्षकहरू तयार गर्नु हो।”
तालिम कार्यक्रममा सहभागी हुन कक्षा १२ उत्तीर्ण गरेका र शिक्षण पेशामा रुचि राख्ने व्यक्तिहरू योग्य हुनेछन्। पाठ्यक्रममा शिक्षा दर्शन, भाषा साहित्य, विज्ञान, सामाजिक अध्ययन, गणित, शारीरिक शिक्षा, संगीत, कला, नृत्य, बाल विकास र सिकाइ उपलब्धि जस्ता विषयहरू समावेश गरिएको छ। प्रत्येक विषयको लागि ३६ देखि ४८ घण्टाको पाठ्यक्रम निर्धारण गरिएको उनले बताए ।
केन्द्रले तालिम पूरा गरेका व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ। कोर्स शुल्क मासिक ५ हजार ५ सय ५० रुपैयाँ रहने नगरकोटीले जानकारी दिए ।
कार्यक्रमले गुणस्तरीय शिक्षकको खोजीमा रहेका विद्यालयहरू, शिक्षण क्षेत्रमा प्रवेश गर्न चाहने व्यक्तिहरू र गुणस्तरीय शिक्षा पाउने अधिकार भएका विद्यार्थीहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
छुट्यो कि?: