Friday, June 13, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौँडामा एसईई ग्रेडवृद्धि परीक्षार्थीलाई निःशुल्क कक्षा

हेटौँडामा एसईई ग्रेडवृद्धि परीक्षार्थीलाई निःशुल्क कक्षा

spot_img

हेटौंडा | हेटौंडा उपमहानगरपालिकाको एसईई ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीहरूका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ। मंगलबार जारी गरिएको सूचना अनुसार, यी कक्षाहरू साउन २ देखि २० गतेसम्म सञ्चालन हुनेछन्।

उपमहानगरपालिकाका अनुसार, यो कार्यक्रम हेटौंडा उपमहानगरअन्तर्गतका विद्यालयहरूबाट माध्यमिक शिक्षा परीक्षामा एनजी (अनुत्तीर्ण) ग्रेड प्राप्त गरेका विद्यार्थीहरूलाई लक्षित गरिएको छ। मौका परीक्षाको तयारीका लागि ५ वटा सामुदायिक विद्यालयहरूमा बिहान ६ देखि १२ बजेसम्म अनिवार्य विषयहरूको कक्षा सञ्चालन गरिनेछ।

-Ads-

निःशुल्क कक्षा संचालन हुने बिद्यालयहरुमा हेटौंडा-३ मा रहेको महेन्द्रकिरण माध्यमिक विद्यालय, हेटौंडा-४ मा रहेको भूटनदेवी माध्यमिक विद्यालय, हेटौंडा-९ मा रहेको प्रगति माध्यमिक विद्यालय, हेटौंडा-१३ मा रहेको महेन्द्र माध्यमिक विद्यालय र हेटौंडा-१६ मा रहको जनप्रिय माध्यमिक विद्यालय रहेका छन् ।

    उपमहानगरपालिका अनुसार, यी विद्यालयहरू उपमहानगरको भौगोलिक स्थितिलाई ध्यानमा राखी छनोट गरिएका हुन्। सामुदायिक तथा संस्थागत दुवै प्रकारका विद्यालयका विद्यार्थीहरूले आफूलाई पायक पर्ने कुनै एक विद्यालयमा यी कक्षाहरूमा सहभागी हुन सक्नेछन्।

    हेटौंडा उपमहानगरपालिकाकामा १ हजार ४ सय २८ विद्यार्थीको नतिजा ‘एनजी’ आएको थियो। ग्रेडवृद्धि परीक्षा साउन २३ गतेबाट सञ्चालन हुने तय भएको छ।

    यो पहलले विद्यार्थीहरूलाई ग्रेडवृद्धि परीक्षाको तयारीमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    spot_img
    spot_img
    spot_img
    spot_img

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    spot_img
    spot_img
    ताजा
    सिफारिस
    बिज्ञापन

    spot_img
    spot_img
    spot_img
    spot_img
    spot_img
    spot_img
    spot_img
    spot_img

    spot_img
    spot_img