देशनेपालमा मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना

काठमाडौं | जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका विभिन्न भागहरूमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनी वायुको प्रभावसँगै पूर्वी र मध्य नेपालमा बनेको न्यून चापीय प्रणालीले मौसममा आंशिक परिवर्तन ल्याएको छ।

हालको अवस्थामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

असोज १८ गते, शुक्रबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। यस दिन पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहिरहनेछ। यस क्रममा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

असोज १९ गते शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आगामी २४ घण्टाको लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेष गरी कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेका कारण बाढी, पहिरो र भू-क्षयजस्ता विपद्‌को जोखिमबाट जोगिन सचेत रहन सुझाव दिइएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img