इन्फो नेपाल — सञ्चारको सञ्जाल

जौबाटै मासु फलेपछि पशुवधको अन्त्य !

एजेन्सी । झट्ट सुन्दा जो कोहीलाई अचम्म लाग्छ । अचम्म नलागोस् पनि कसरी वनस्पतीबाट मासु फल्छ भन्दा । तर, सत्य सावित हुँदैछ, जौबाट नै मासु उत्पादन हुने र पशुवध गर्न नपर्ने । हो, आइसल्यान्डमा वैज्ञानिकहरूले एक प्रकारको कोषबाटै यो अचम्म लाग्ने कुरालाई सावित गर्दैछन् । यस कार्यले अब पर्यावरणलाई जोगाउन मद्धत पुग्नेछ ।पशुबाट लिइएको ‘ग्रोथ फ्याक्टर’ जौले बोक्न सक्नेगरी उक्त प्राटिन जौमा मिसाइन्छ र फलेको जौ पिसिन्छ अनि प्रयोगशालामा मासु प्रशोधन गर्न सुरु गरिन्छ । यसरी थोरै ठाउँबाटै जौबाट मासु उत्पादन भएपछि मासु उत्पादनका लागि पशुलाई चाहिने जति जमिनको आवश्यक पनि नपर्ने बीबीसीले जनाएको छ । र, प्रविधिकाे सहायताले सजिलै प्रयोगशालामा पशुपंक्षीबिनै जौबाट मासु उत्पादन सुरु हुनेछ ।अहिले आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन्। यससँगै अब प्रयोगशालाबाट मासु उत्पादन हुने भएपछि मासुका लागि पशुपंक्षीमा भर नपरे पनि हुने वैज्ञानिकहरुको दाबी छ । बीबीसीकाे सहयाेगमा

सम्बन्धित समाचार

विपद्को जोखिम देखिए मोबाइलमै बज्नेछ साइरन, स्वदेशमै बन्यो प्रविधि

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिममा रहेका नागरिकलाई मोबाइलमार्फत तत्काल चेतावनी दिने प्रविधि नेपालमै विकास गरिएको छ। सरकारले विकास गरेको ‘सेल ब्रोडकास्ट प्रणाली’को प्रार…

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता

नेपाल र भारतबीच आठ क्षेत्रमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ। नेपाल र भारतबीच आठवटा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी सम्झौताले सुरक्षा, प्र…