बागमती प्रदेशमकवानपुरप्रेस स्वतन्त्रतामाथि प्रशासनको हस्तक्षेपविरुद्ध प्रेस सेन्टर नेपालको आपत्ति

प्रेस स्वतन्त्रतामाथि प्रशासनको हस्तक्षेपविरुद्ध प्रेस सेन्टर नेपालको आपत्ति

हेटौँडा | प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठले पत्रकारहरूलाई जिल्ला प्रशासन कार्यालय प्रवेश र दृश्य खिच्न रोक लगाएकोप्रति प्रेस सेन्टर नेपाल मकवानपुरले कडा आपत्ति जनाएको छ।

शुक्रबार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाचार संकलनका लागि पुगेका प्रेस सेन्टर नेपाल बागमती प्रदेश कमिटीका सचिव तथा नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल, मनिल महतोसहितका पत्रकारहरूलाई कार्यलयभित्र जान र छायांकन गर्न रोक लगाइएको थियो।

प्रेस सेन्टर नेपालले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको घोर उल्लंघन भन्दै भत्सना गरेको छ। संघीय संविधान २०७२ को धारा १७(२)(क), १९, २७ र ३५(४) मा सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको हक र निष्ठ प्रेसको प्रत्याभूति गरिएको स्मरण गराउँदै, संगठनले सीडीओलाई प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारको पेशागत मर्यादामा खलल नपार्न चेतावनी दिएको छ।

प्रेस सेन्टर नेपाल मकवानपुरका संयोजक एमपी शर्माले प्रमुख जिल्ला अधिकारीलाई लोकतान्त्रिक मूल्यअनुसार व्यवहार गर्न र यस्ता गतिविधि पुनः नदोहोर्याउन आग्रह गरेका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img