Tuesday, July 8, 2025
समाजभाउजूको हत्या गर्ने युवकलाई ३५ वर्ष कैद

भाउजूको हत्या गर्ने युवकलाई ३५ वर्ष कैद

spot_img

हेटौँडा | मकवानपुरको हेटौँडामा भएको हत्याकाण्डमा संलग्न ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २२ वर्षीय राहुल दासलाई ३५ वर्ष कैद सजायको फैसला सुनाएको छ। अदालतले मृतक गुडिया दासका नजिकका हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको उपचार खर्चसमेत दोषीबाट नै भराउने आदेश दिएको छ।

अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासबाट आएको फैसलामा राहुलले आफ्नी ३५ वर्षीया भाउजू गुडिया दासको हत्या र माहिला दाजु रुपेश दासको हत्या प्रयास गरेको पुष्टि भएको हो। अदालतका सूचना अधिकारी केशवराज कौशिकका अनुसार भाउजूको हत्या अभियोगमा २५ वर्ष र दाजु रुपेशको हत्या प्रयासमा थप १० वर्ष कैद सजाय सुनाइएको हो।

-सूचना-

हत्या घटनामा संलग्न राहुल हाल भीमफेदी कारागारमा रहेका छन्। अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको विवरणअनुसार राहुल गम्भीर लागुऔषध दुर्व्यसनमा फसेका थिए। लगातार सम्झाउँदै आएकी भाउजूको चेतावनीप्रति रिस उठाई उनले सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरेर हत्या गरेका थिए। हत्या गरेपछि शवलाई सिरकले छोपेका थिए। त्यसपछि माहिला दाजु रुपेशमाथि समेत खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। रुपेशको हाल उपचार जारी छ।

गुडियाका श्रीमान् रोशन दास पाँच महिना अघि वैदेशिक रोजगारीका लागि कतार गएका थिए। घरमा तीन दाजुभाइमध्ये जेठा दाजु रोशन विदेशमै रहेको बेला यस्तो पारिवारिक त्रासदी भएको हो।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img