हेटौँडा | शिक्षा विकास तथा समन्वय समन्वय कार्यालय मकवानपुरले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ को नतिजा आज सार्वजनिक गरेको छ। जिल्लाभर परीक्षार्थीहरूको प्रदर्शन मिश्रित रहेको देखिन्छ भने उच्चतम ग्रेड प्वाइन्ट एभरेज (जिपीए) ४.० प्राप्त गर्ने विद्यार्थीको संख्या न्यून रहेको छ।
कार्यालयका अनुसार जिल्लाबाट कूल ५ हजार ८८७ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए। यस मध्ये ५ हजार ६५८ जना सामान्य शिक्षा स्रारतका थिए भने २२९ जना प्राविधिक शिक्षा स्रारतका विद्यार्थी थिए। कूल परीक्षार्थी मध्ये ४ जिपीए प्राप्त गर्नेमा सामान्य शिक्षा स्रारतका ५ जना विद्यार्थी मात्र सफल भएका छन्।
जिल्लाको समग्र उत्तीर्ण दर ४६.८६ प्रतिशत रहेको छ। यस मध्ये सामान्य शिक्षा स्रारतको उत्तीर्ण दर ४७.०४ प्रतिशत र प्राविधिक शिक्षा स्रारतको ४२.३५ प्रतिशत रहेको छ। कूल २ हजार ७५९ विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् जसमध्ये २ हजार ६६२ जना सामान्य स्रारतका र ९७ जना प्राविधिक स्रारतका छन्।
३.६ देखि ३.९९ जिपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३६७, ३.२ देखि ३.५९ जिपीए प्राप्त गर्ने ५६३, २.८ देखि ३.१९ जिपीए प्राप्त गर्ने ५५९, २.४ देखि २.७९ जिपीए प्राप्त गर्ने ५४५ र २.० देखि २.३९ जिपीए प्राप्त गर्ने ७२० जना विद्यार्थी रहेका छन्।
यसबाहेक, ३,१२८ जना विद्यार्थीले न्यूनतम आवश्यकतापूरा नगरेको कारण ‘अपूर्ण’ नतिजा प्राप्त गरेका छन्।