समाजहेटौँडामा फेसन डिजाइन तालिम सुरु

हेटौँडामा फेसन डिजाइन तालिम सुरु

हेटौँडा | हेटौँडामा बिहिबारदेखि १० दिने विशेष फेसन डिजाइन तालिम सुरु भएको छ। जिल्ला लघु उद्यमी संघ मकवानपुर र हेटौंडा गार्मेन्ट उद्यम समूह–५ को सहकार्यमा तालिम सुरु गरिएको हो।

तालिम हेटौँडा उपमहानगरपालिका–५ स्थित सुर्यमणि प्राविधिक शिक्षालयको भवनमा सुरु गरिएको हो। उद्घाटन कार्यक्रम शिक्षालयका अध्यक्ष श्याम कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भयो भने उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख उद्योग अधिकृत रामप्रसाद भुसाल प्रमुख अतिथिको रूपमा सहभागी थिए।

प्रमुख अतिथि भुसालले बजारमा माग बढ्दै गएको विविध डिजाइन आवश्यकताले यस्तो तालिमको महत्व बढाएको उल्लेख गर्दै, “सिर्फ प्रमाणपत्र लिने होइन, त्यसको व्यवहारिक प्रयोग हुनुपर्छ,” भने । उनले सिकाइपछिको रोजगारीमा जोड दिँदै सीपको माध्यमबाट स्वरोजगार सिर्जना गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, नयाँपन राष्ट्रिय दैनिकका सम्पादक दिपेन्द्र रोक्का, डि–मेगाकी सचिव तथा तालिम प्रशिक्षक मेनका श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालयका तालिम संयोजक लेखमान रावतलगायतको उपस्थिति थियो।

आयोजकका अनुसार तालिमले स्थानिय स्तरमै रोजगारी सिर्जना गर्ने, उत्पादन र डिजाइन क्षेत्रमा नवीन सोच भित्र्याउने अपेक्षा गरिएको छ। तालिममा २० जना महिलाको सहभागिता रहेको छ, जसले फेसन डिजाइनका विविध पक्षमा व्यवहारिक ज्ञान हासिल गर्नेछन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img