इन्फो नेपाल — सञ्चारको सञ्जाल

रविन्द्र मिश्र भन्छन्- गणतन्त्रको नायक प्रचण्डनै हुन्

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् ।

मिश्रले यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट बारे गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेपछि गणतन्त्रको नायक प्रचण्डनै भएको बताएका हुन् । साथै मिश्रले कांग्रेस, एमाले र नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणी समेत गरेका छन् ।

आफ्नो अघिल्लो टिप्पणी प्रचण्ड पक्षले खण्डन गरेपछि मिश्रले भनेका छन् -

ठूला नेताहरूसँग भेट्दा "यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस्" भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु ।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै 'प्रचण्ड पथगामी' हुन् । 'नेपालको संविधान २०७२' वास्तवमा 'प्रचण्डको संविधान २०७२' हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु ।

त्यसैले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु ।

सम्बन्धित समाचार

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सेयर गरे अर्थ र परराष्ट्रमन्त्रीसँगको तस्बिर

मकवानपुर । भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वज…

नेपाल र भारतबीच आठ क्षेत्रमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ। नेपाल र भारतबीच आठवटा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी सम्झौताले सुरक्षा, प्र…

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

काठमाडाैँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ। भेटमा दुई देशबीच आर्थिक साझेदारी, यातायात र डिजिट…