Sunday, March 16, 2025
राजनीतिमाओवादीको जागरण अभियान, पहिलो गाँसमै ढुंगा !

माओवादीको जागरण अभियान, पहिलो गाँसमै ढुंगा !

झापा | नेकपा माओवादी केन्द्रद्वारा सञ्चालन गरिएको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ उद्घाटन समारोह विवादास्पद बनेको छ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असन्तुष्ट बनेपछि मञ्चबाट बाहिरिएका छन्। उनलाई पर्याप्त समय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। श्रेष्ठ आफ्नो मन्तव्यका क्रममा थिए, त्यही बेला उद्घोषक मञ्चनजिकै आएपछि उनले आपत्ति जनाए। “सक्नुस् भन्न आएको हो?” भन्दै उनले आक्रोश व्यक्त गरे। सञ्चालकले अस्वीकार गरे पनि श्रेष्ठ रिसाउँदै “यहाँ टुक्क आएर बसेको?” भन्दै रोष प्रकट गर्दै बाहिरिएका थिए।

श्रेष्ठ बाहिरिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिस्थिति नियन्त्रणमा लिने प्रयास गरे। उनले भने, “वरिष्ठ उपाध्यक्ष कमरेडलाई असहज महसुस भयो, तर हामीले यसलाई समीक्षा गर्नेछौं। गल्ती भए क्षमा चाहन्छु, तर यो ठूलो विषय होइन।”

माओवादी केन्द्रले झापा, कचनकवलस्थित बनियानी बाट सोमबारदेखि अभियान सुरु गरेको हो।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img