इन्फो नेपाल — सञ्चारको सञ्जाल

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता टेम्केमैयुङ गाउँपालिकाले जित्यो

भोजपुर- भोजपुरको षडानन्द नगरपालिका -४ दिङ्लामा भएको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो । प्रतियोगितामा साल्पासिलिछो गाउँपालिकाले छ स्वर्ण, छ रजत र एक कास्य पदकसहित दोस्रो भएको छ भने भोजपुर नगरपालिका पाँच स्वर्ण, सात रजत र आठ कास्यसहित तेस्रो भएको छ। त्यसैगरी, पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित षडानन्द नगरपालिका चौथो भएको छ। गत वर्षको विजेता अरुण गाउँपालिकाले भने यस वर्ष तीन स्वर्ण, एक रजत र छ कास्य पदकमा चित्त बुझाएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजना तथा षडानन्द नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताका विजेता पालिकालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राईलगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

विपक्षी खेलाडीको अनुहारमा बल प्रहार गरेपछि लियोनल मेसी विवादमा

काठमाडाैँ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी विपक्षी खेलाडीको अनुहारमा बल प्रहार गरेपछि विवादमा तानिएका छन्। अमेरिकी मेजर लिग सकर (एमएलएस) कप प्लेअफअन्तर्गत कोलम्बस क्रुविरुद्धको…

यूएईलाई हराउँदै नेपालकाे पहिलाे जीत

काठमाडाैँ । एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराउँदै पहिलो जीत हात पारेको छ । यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४…

एनपीएलका ८ वटै टोलीका लागि फ्लडलाइटसहितको रङ्गशाला निर्माण गरिने, तीन महिनाभित्र प्रक्रिया सुरु हुने

काठमाडाैँ। सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितको छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक…