Friday, July 18, 2025
खेल समाचारहेटौँडा रेफ्री क्याटगोरी–४ कोर्ष सुरु

हेटौँडा रेफ्री क्याटगोरी–४ कोर्ष सुरु

spot_img

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारदेखि रेफ्री क्याटगोरी–४ कोर्ष सुरु भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको यो तालिमबाट प्रदेशमा नयाँ फुटबल रेफ्री उत्पादन गर्ने लक्ष्य लिइएको छ।

कोर्षको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले गरेकी हुन्। कार्यक्रमको सभापतित्व परिषद्का सदस्य तथा तालिम संयोजक अमृत लुङ्बाले गरेका थिए। उनले कोर्षपछि सहभागीहरू आधिकारिक फुटबल रेफ्री बन्ने अवसर पाउने भएकाले तालिममा पूर्ण रूपमा समर्पित भएर सहभागी हुन आग्रह गरे।

- Advertisement -

असार १२ गतेसम्म सञ्चालन हुने तालिममा ४१ जना सहभागी छन्। तालिममा फिटनेस परीक्षण, प्रयोगात्मक अभ्यास र लिखित परीक्षा समावेश गरिएको छ। प्रशिक्षकमा सचिन अमात्य, रोजिन श्रेष्ठ, विरेन्द्र पाण्डे र कल्पना शर्मा रहेका छन्।

कार्यक्रममा एन्फा केन्द्रीय सदस्य तथा जिल्ला फुटबल मकवानपुर अध्यक्ष टीकाराम लामा, एन्फा बागमती प्रदेश महासचिव लवराज ठकुरी, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष राजकुमार मोक्तान, एन्फा मकवानपुर उपाध्यक्ष युवराज भोलन, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, पत्रकार प्रताव विष्ट लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img