Friday, July 18, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

spot_img

हेटौँडा | नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा हेटौंडामा ‘नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ र ‘नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता असार ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबसहित मधेश, गण्डकी र बागमती प्रदेशका टोलीहरूको सहभागिता रहनेछ। स्केटिङतर्फ भने १२ वर्षमुनिका र १२ वर्षमाथिका महिला तथा पुरुष गरी चार विधामा करिब १५० खेलाडी प्रतिस्पर्धा गर्नेछन्।

- Advertisement -

भलिबलतर्फ प्रथम हुने टोलीलाई ५ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई १ लाख तथा सान्त्वना पुरस्कारस्वरूप ५१ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। स्केटिङमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

भलिबल प्रतियोगिता असार ७ गते शनिबार दिउँसो ३ बजे ह्याचौरस्थित भलिबल प्रशिक्षण केन्द्रमा उद्घाटन हुनेछ भने स्केटिङ प्रतियोगिता असार ८ गते आइतबार बिहान ७ बजे हेटौंडा–५ स्थित पुष्पलाल रोड स्केटिङ पार्कमा सञ्चालन हुनेछ। दुबै प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा हुनेछ। समापन तथा पुरस्कार वितरण कार्यक्रम असार ११ गते हुप्राचौरमा आयोजना गरिनेछ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img